मूल्य बढाउन नपाएको भन्दै धरानका मासु पसल ठप्प

मंगलबार, २३ असोज २०८०
धरान । मासु व्यवसायीहरुले बंगुरको मासुको मूल्य बढाउन नपाएको भन्दै धरानका मासु पसल बन्द गराएका छन् । व्यवसायीहरुले बंगुरको मासुमा प्रतिकिलो एक सय रुपैया बृद्धि गरी ५ सय रुपैया कायम गरेका थिए । व्यवसायीहरुले मासुको मूल्य बढाएपछि धरान उपमहानगरपालिकाले व्यवसायीहरुलाई बोलाएर प्रतिकिलो ४ सय ६० रुपैया कायम गर्न निर्देशन दिएको थियो । व्यवसायहीले उपमहानगरपालिकाले कायम गरिदिएको मूल्य मान्य नहुने भन्दै आज दिनभर धरानका मासु पसलहरु बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । धरान मासु व्यवसायी संघको नेतृत्वमा रहेको टोलीले धरान उपमहानगरमा रहेका सम्पूर्ण मासु तथा माछा पसलहरु बन्द गराएका थिए । व्यवसायीहरुले एकलौटी रुपमा ४ सयबाट बंगुरको मासुको मूल्य ५ सय पु¥याएका थिए । दशै नजिकिदै गर्दा मासुको मूल्यमा अत्याधिक वृद्धि भएपछि सोमबार नै धरान उपमहनगरपालिकाले उपमयेर अइन्द्रविक्रम वेघाले मासु व्यवसायीहरुलाई बोलाएर प्रतिकिलो ४ सय ६० रुपैया मूल्य तोकिदिएका थिए । तर व्यवसायीहरुले कमितमा ४ सय ८० रुपैया मूल्य कायम हुनुपर्ने भन्दै असहमती जनाएर मासु पसल बन्द गरेर आन्दोलित हुने घोषणा गरे । घोषणा अनुसार मंगलबार धरानका मासु पसलहरु बन्द भए । धरान मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङले बंगुरको अभाव र अन्य सहरमा मासुको मूल्य बढी भएका कारण मूल्य बढाउन बाध्य भएको बताए । उनले भने –‘अन्य सहरमा मासुको मूल्य बढी छ, हामीले मूल्य नबढाइ उनीहरुको तुलनामा किसानसँग बंगुर खरिद गर्न सक्दैनौ ।’ धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम वेघाले ‘तीन महिना अघि मात्रै मासुको मूल्य ३ सय ६० बाट वृद्धि गरी ४ सय पु¥याएको’ बताए । उनले भने –‘तीन महिना अघि मात्रै ४० रुपैया मूल्य बढाएको फेरी ६० रुपैया बढाउदा पनि व्यवसायीहरुले चित्त बुझाउदैनन् भने अब मूल्य बढ्दैन ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार