इटहरीमा सहकारी अनुगमन तिब्र

बुधबार, २४ असोज २०८०
खेमराज सापकोटा, इटहरी । इटहरीमा रहेको तलेजु बचत तथा ऋण सहकारी संस्था र कल्पवृक्ष बचत तथा ऋण सहकारीमा इटहरी उपमहानगरपालिकाले अनुगमन गरेको छ । पछिल्लो समय इटहरीका सहकारीहरु नियम संगत नचलेर गुनासो आइरहेको समयमा उपमहानगरपालिकाका सहकारी शाखा सहितको टोलिले अनुगमन तीब्र पारेको हो । सहकारी शाखा  प्रमुख बालकुमार पोखरेल सहित जिल्ला सहकारी संघका अध्यक्ष गंगा प्रसाद दाहाल, सहकारी शाखाका सुमन पौडेल, जिल्ला बचत संघ सुनसरीकी अध्यक्ष योगमाया सुवेदी जिल्ला कृषि सहकारी संघका अध्यक्ष भोलाकाजी बस्नेतसहितको टोलीले मंगलबार सहकारीको अनुगमन गरेको हो । अनुगमनका क्रममा सहकारी संस्थाले गरेको ऋण लगानीको अवस्था, बचत सङ्कलन, लेखा परीक्षण हिसाब मिलान तथा सञ्चालक समितिका फाइल हेरिएको सहकारी शाखा प्रमुख पोखरेलले जानकारी दिए । उनले प्रदेश खबरसँग भने, अहिलेको अवस्थामा कतिपय सहकारीहरू ऐन नियम विपरीत पनि चलेका छन् । अहिले अनुगमन भएर त्यहाँको अवस्था हेरिएको छ । थप केही हेरेपछि आउँछ । ऐन नियमकाको पालनाको संदर्भमा सुधार गर्नुपने देखिन्छ ।’ नगरभित्रका केही सहकारीमा समस्या देखिएपछि उपमहानगरले सहकारी संस्थाको अनुगमनलाई तीव्र पारेको छ । बचतकर्ताको बचत सही तरिकाले लगानी भएको छ छैन भनेर सहकारी संस्थाको अनुगमनलाई तीव्र पारिएको उपमहानगरले बताएको छ । यो पनि https://pradeskhabar.com/?p=23439&fbclid=IwAR3QDmH7IpFw7C7HjIM2JZPMgeAgRfI9b0tor0cGqjZI6sHuVmuOVuoaqQ8

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार