कोसी टप्पु वन्यजन्तु आरक्षलाई विस्तार नभइ व्यवस्थापन गर्नुपर्छ: नगरप्रमुख कार्की

सोमबार, १८ पुस २०७९
सुनसरीको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले कोसी टप्पु वन्यजन्तु आरक्षलाई विस्तार नभइ व्यवस्थापन गर्नुपर्ने बताएका छन्  । आरक्ष क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरेर स्थानीयको आर्थिक उपार्जन वृद्धिका लागि कार्य सम्पादन गर्नुपर्ने नगरप्रमुख कार्कीको भनाई थियो । सोमबार (आज) कोसी टप्पु वन्यजन्तु आरक्षले कुसाहामा आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले आरक्षबाट निक्कने जनावरले मानव बस्तिमा पु¥याउने जनधनको क्षतिपूर्तिलाई सहज बनाउन र न्यून क्षतिपूर्तिको रकमलाई बढाउनका निम्ति आँफूले पहल गरेको बताए । गत साउन ८ गते आरक्षभित्र मोटरसाइकलमा सवार गर्दै गर्दा रुखले खिचेर घाइते भएका स्थानीय बराहक्षेत्र १ का सगेन्द्र विष्टलाई क्षर्तिपूर्ति उपचार खर्चको लागि समेत वन्यजन्तु आरक्षको कार्यालयसँग उनको माग छ । यस्तै, वन्यजन्तुको आक्रमणबाट जनधनको क्षति न्यूनीकरण गर्न सरोकारवाला पक्षले आरक्षका संरक्षण अधिकृत रमेश यादवसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार