इंग्लिस प्रिमियर लिग:ब्रेन्टफर्डसँग लिभरपुल स्तब्ध

मंगलबार, १९ पुस २०७९
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफर्डसँग पहिलाे हार बेहोरेको छ । लिभरपुल घरेलु टोली ब्रेन्टफर्डसँग ३–१ ले पराजित भएको हो । ब्रेन्टफर्ड कम्युनिटी स्टेडियममा सोमबार राति भएको खेलमा घरेलु टोलीको जितमा योइन विसा र ब्रायन मविउमोले गोल गर्दा एक गोल उपहार पाएको थियो । लिभरपुलका एलेक्स अक्सलेड चेम्वरलेनले एक गोल फर्काए । खेलको १९औं मिनेटमा इब्राहिमा कोनाटको आत्मघाती गोलबाट घरेलु टोली ब्रेन्टफर्डले १–० को अग्रता लिन सफल भयो । कर्नरबाट आएको बलमा बिन मिको प्रयासलाई बचाउन खोज्दा कोनाटको प्रहार लिभरपुलका गोलरक्षक एलिसन बेकरको हातमा लाग्दै गोलमा परिणत भएको थियो । ३९औं मिनेटमा योइन विसाले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । ४२औं मिनेटमा योइन विसाले गोल गर्दै ब्रेन्टफर्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले म्याथिअस जेन्सेनको पासमा गोल गर्न सफल भएका थिए । ४८औं मिनेटमा डार्विन नुनेजले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा गोल अन्तर घटाउन सकेन । ५०औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याउँदै लिभरपुललाई खेलमा फर्काउने संकेत दिए । तर, ८४औं मिनेटमा ब्रायन मविउमोले गोल गर्दै लिभरपुललाई ३–१ को हार चखाए प्रिमियर लिगमा ब्रेन्टफर्डले लिभरपुलमाथि पहिलोपटक जित निकालेको हो । गत सिजने ब्रेन्टफर्डले लिभरपुलसँग ३–३ गोलको बराबरी र ३–० को हार बेहोरेको थियो । यससँगै ब्रेन्टफर्ड प्रिमियर लिगमा पछिल्लाे ६ खेलमा अपराजित रहन सफल भएकाे छ । एस्टन भिल्लासँग ४–० ले पराजित भएयता ब्रेन्टफर्ड अपराजित छ । जसमा समान ३ जित र बराबरीकाे नतिजा छ । वल्भ्स, नटिङहम र टाेटेनहमसँग बराबरी खेलेकाे ब्रेन्टफर्डले म्यानचेस्टर सिटी र वेस्टह्यामलाई पराजित गरेकाे छ । यस जितसँगै ब्रन्टफर्ड १८ खेलबाट २६ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित लिभरपुलले पाँचौ स्थानमा उक्लने मौका गुमाउँदा १७ खेलबाट २८ अंक जोडेर सातौं स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार