इटहरी घर भएकी महिला १२ दिनदेखि बेपत्ता

शनिबार, १८ कार्तिक २०८०
इटहरी/ सुनसरीको इटहरी घर भएकी एक महिला १२ दिनदेखि बेपत्ता भएकी छन् । इटहरी उपमहानगरपालिका तालतलैयाकी ४९ वर्षीया उर्मीला कटुवाल परिवारबाट सम्पर्कविहीन बनेकी हुन् । मानसिक रूपमा अस्वस्थ रहेकी उनी असोज ६ गते दिउँसोदेखि घरैबाट हराएको परिवारले जनाएको छ । कतै फेला परेमा नजिककै प्रहरी कार्यालयमा खबर गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् । उर्मीलाका भाइ युवराज कटुवालका अनुसार प्रहरीलाई घटनाको जानकारी गराएर सबैतिर खोजी गर्दा पनि फेला पार्न सकिएको छैन । ‘बिना कारण दिदी घरबाटै बेपत्ता हुनु भयो । अहिलेसम्म परिवारको सम्पर्कमा आउनु भएको छैन,’ युवराजले भने, ‘घटनाका बारेमा प्रहरीलाई जानकारी गराइसकिएको छ । सबैतिर खोजी गर्दा पनि फेला पार्न सकिएन ।’ उर्मीलाको घरमा श्रीमान, सासू र ससुरा छन् । उनका सन्तान छैनन् । उर्मीलाले परिवारसँग मिलेर तालतलैयामा गाई फार्मसमेत सञ्चालन गर्दै आएकी थिइन् । लामो समयदेखि सम्पर्कविहीन रहेकी उनको खोजी जारी राखिएपनि फेला पार्न नसकिएको इटहरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार