मोरङको सुनवर्षीमा सीटी सफारीबाट खसेर महिलाको मृत्यु

शनिबार, १८ कार्तिक २०८०
विराटनगर मोरङको सुनवर्षीमा सीटी सफारीबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका–८ स्थित सिक्टी–डाइनिया भित्री सडकखण्डमा शुक्रबार साँझ दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ह ८४४४ नम्बरको सफारीबाट खसेर साँझ ५ः४५ बजेतिर सुनवर्षी–६ की ४० वर्षीय सुनीता श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । घाइतेलाई उपचारका लागि रंगेली अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि विराटनगर ल्याउने क्रममा बाटैमा श्रेष्ठको मृत्यु भएको प्रनि न्यौपानेले बताए । श्रेष्ठलाई साँझ ६ः५५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनालगत्तै सफारी चालक सुनवर्षी–८ का ४० वर्षीय मुजमिल मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार