पर्यटकको रोजाइमा ‘आरा धरान’

सोमबार, २० कार्तिक २०८०
निशा राई धरान / धरान शहरको इतिहास र महत्व बुझाउँने उदेश्यले सर्दु खोला किनारमा तयार पारिएको ‘आरा धरान’ पार्कमा आगन्तुकको भिड लाग्न थालेको छ । धरान उपहानगरपालिका २० मा रहेको यो पार्कलाई श्रम संस्कृति पार्क पनि भन्ने गरिएको छ । यहाँको मुख्य आकर्षण आरा काट्दै गरेका दुइजना मानिसको प्रतिमा हो । वरिपरि निर्मित अन्य पूर्वाधारले सहायक आकर्षणको काम गरेका छन् । आगन्तुकको सुविधाका लागि यहाँ २० वटा विश्राम चौतारी निर्माण गरिएको छ । फलामको चौतारा, कुँदेको सर्प, महिलाको हातमा रहेको चरा जस्ता प्रतिमाले यहाँको सुन्दरता रंग थपेका छन् । आन्तरिक र बाह्य पर्यटकको सुविधा र आकर्षण बढाउँन यस्ता पूर्वाधार महत्वपूर्ण हुने धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईको भनाई छ । काठ चिर्ने परम्परागत चलनलाई प्रतिमा मार्फत बुझाउँन खोजिएको राईले सुनाए । घना जंगलको बीचमा काठचिर्ने यहि परम्परागत चलननै पछि गएर धरान बजार नामाकरणको आधार बनेको उनको दावी छ । पर्यटकिय आकर्षण दिन पूर्व प्रधानमन्त्री तथा काँग्रेस नेता विश्वेश्वरप्रसाद कोइरालाको प्रतिमा राखिएको छ । खोला माथि ६० मिटर लम्वाइ र चार मिटर चौडाइको फलामे ट्रष्ट पनि तयार पारिएको छ । यहाँ बगमबेली फूल लगाउँने योजना छ । अहिले यो पार्कमा धरान बाहेक, इटहरी, बराहक्षेत्र र धनकुटा लगायत स्थानबाट आन्तरिक पर्यटकहरु आउँने गरेका छन् । पार्कको डिजाइन कलाकार रोजन राईले गरेका हुन् । पार्क निर्माणमा करिब १२ लाख रुपैयाँ लगानी भएको छ । उपमहानगरपालिकाबाट नौ लाख रुपैयाँ प्राप्त भएको कलाकार राइले बताए । विभिन्न समाचार माध्यम र सामाजिक संञ्जालबाट यहाँको बारेमा थाहा पाएपछि बालबच्चा सहित घुम्न आएको बराह क्षेत्रकि सुजता गुरुङले बताइन् । धरान १५ कि धनकुमारी लिम्बुले पनि यहाँको मनोरमतामा रम्न आइपुगेको सुनाइन् । स्थानीयका साथै छिमेकि मुलुक दार्जेलिङबाट समेत पर्यटकहरु यहाँ आउँन थालेका छन् । श्रम संस्कृति पार्क हेर्न आफूहरु यहाँ आइपुगेको दार्जेलिङकि बिकि राइले बताइन् । धरान प्रमुख हर्कराज राई पर्यटकिय पूर्वाधार ब्यबस्थापनसँगै जलाधार संरक्षण र हरियाली प्रबद्र्धनका काममा लागि परेको बताउँछन् । उनले आफ्नो कार्यकालमा एक करोड बिरुवा रोप्ने लक्ष्य लिएको सुनाए । उनले भने, ‘यस्ता काम सकभर श्रमदानबाटै गर्नेछौं ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार