बिराटनगर/ कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ ।
यस्तै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको छ । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको हो ।
यसबारे निर्णय लिन एमालेले कोशी संसदीय दलको बैठक बोलाइएको छ । समर्थन फिर्ताको विषयमा संसदीय दलको बैठकले निर्णय गर्ने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनबाट दुई मन्त्री नियुक्त गरेपछि एमालेका मन्त्री रामबहादुर मगरले राजीनामा दिइसकेका छन ।
प्रतिक्रिया