बजेट अभावमा सिंधुवामै निर्माणाधीन ९५ लाख रुपैयाँ लागतको खेलमैदानको काम पनि अघि बढ्न नसकेको छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए । उनले भने, ‘बजेट ब्यबस्थापन नहुँदा संघीय सरकारले थालेका सबै योजना अलपत्र छन् ।’ महालक्ष्मी नगरपालिकामा गत असारमै सम्झौता अबधि सकिएका १३ करोड रुपैयाँ लागतका आधारभूत अस्पतालका दुइ वटै भवनको भौतिक प्रगती २० प्रतिशत मात्रै पुरा भएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुबराज रायमाझि बताउँछन् । यो नगरपालिकामा खेलमैदान र औद्योगिक ग्रामको काम अघि नबढेको उनले सुनाए ।
धनकुटाका अन्य चार स्थानीय तहको अबस्था पनि यस्तै छ । साँगुरीगढी गाउँपालिकाको आहालेमा आधारभूत अस्पताल बन्ने योजना छ, तर सुरु भएको छैन् । संघीय सरकारको लगानीमा हरेक स्थानीयतहमा बनाउने भनिएका यस्ता संरचनाका लागि केन्द्रले स्वकिृत लागत अनुसारको बजेट पठाएको छैन । न्यून आन्तरिक आय भएका स्थानीयतह आफै यी परियोजना पुरा गर्न सक्ने आर्थिक हैसियतमा छैनन् । महालक्ष्मी नगरपालिकाका प्रमुख राय भन्छन्–‘न्यून आन्तरिक आयका कारण ठूला परियोजनामा संघीय सरकारले बजेट नपठाए हाम्रो मात्रै केहि लाग्दैन ।’
प्रतिक्रिया