राहत लिएर भूकम्प प्रभावित गाउँ पुगे उपप्रधानमन्त्री खड्का

बुधबार, २२ कार्तिक २०८०
काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुगेका छन्। भूकम्पपीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैं राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुगेका हुन्। उपप्रधानमन्त्री खड्काले राहत सामग्री गाउँपालिकाको वडा नं ३ मा पुगेर हस्तान्तरण गरेका छन्। सो अवसरमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ पनि उपप्रधानमन्त्री खड्काको साथमा थिईन्। “नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो। म आफैं पनि घाइतेको उद्धारदेखि उनीहरुको उपचार र राहत वितरणमा सक्रिय छु। सरकार प्राथमिकताका साथ भूकम्पपीडितका लागि काम गरिरहेको छ”, उपप्रधानमन्त्री खड्काले भने।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार