पाँचथर : पूर्वमा निकै सुन्दर छ फिदिम बजार । पहाडी जिल्ला पाँचथरमा पर्ने यो बजार चारैतिरबाट पहाडले घेरिएको पनि छ । झण्डै तराईको झल्को दिने यो बजारको पछिल्लो समय मुहार फेरिँदै गएको छ । फिदिम नगरपालिकाको फिदिम बजार देशभरिका दशौं नमुना शहर मध्येको एक नमुना शहर पनि हो ।
फिदिम बजारबाट आठ किलोमिटर पश्चिम उत्तर हिडेपछि गर्मि मौसम पाईन्छ भने फिदिमबाट १३ किलोमिटर दक्षिण पश्चिममा जाडो मौसम पाईन्छ । फिदिम बजारबाट नजिक फाल्गुनन्दको तपोभुमि समाधिस्थल लब्रेकुटि, सिलौटि, शिवमन्दिर, महादेवथान, सुम्मात्लुङ लगायत धार्मिक तिर्थस्थल समेत रहेका छन् ।
यो बजारको सुन्दरता सङ्गै विकाशले समेत फड्को मार्दै गएको छ ।
फिदिम नगरपालिकाको मेचिराजमार्ग अन्तर्गत बजारको समर्पित अस्पतालबाट चार खम्बे सम्मको १९ सय मिटर सडक चार वटा गाडि कुद्ने गरिको निर्माण भएको छ ।
भिडभाड हटाएर यसको सुन्दरतामा बढवा दिने काम भएको छ । बिचमा रहेको डिभाईडर विभिन्न रङ्गका फूल धुपि लगायत सडक बत्तिले झनै बजारको सुन्दरता बढाएको देख्न सकिन्छ सङ्गै फोहोर लगाउने डस्विन डिभाईडरको छेउ छेउमा देख्न सकिन्छ फिदिम बजार नजिक रहेको बिपि पार्कले मानिसको मन नै भुल्याउने गरेको छ ।
फिदिम नगरपालिकाले धेरै समय बन्न नसकेको बिपि पार्कलाई दुई आर्थिक बर्षमा नगरपालिकाले २० लाख सहयोग गरि व्यवस्थित बनाएको छ वरिपरि हरियाली असोका रूख बिचमा महामानव बिपिको मुर्ति साच्चै सुन्दर छ बिपि पार्क सङ्गै १५ शैयाको पाँचथर अस्पताल रहेको छ ।
सदरमुकामको मुख्य सडक मेचि हाईवे केन्द्रित बितिय सस्थालाई पार्किङ व्यवस्थित गर्नको लागी फिदिम नगरपालिकाले १ महिनाको समय दिएको छ ।
फिदिम नगर पालिकाले नगरपालिकाको सबै वडामा सुन्दरता बढाउनको लागि मदिरा तथा सुर्तिजन्य बस्तुको विज्ञापन बोर्ड हटाईएको छ ।
साथै कुनै पनि खेलकुद अन्य कार्यक्रममा मदिरा र सुर्तिजन्य पदार्थको बिज्ञापन गर्न निशेध गरिएको छ । नगरपालिकाको बजार क्षेत्रलाई सुन्दर बनाउन काम अगाडी बढाएको छ ।
प्रतिक्रिया