विराटनगरबाट मोटरसाइकल चोरी गर्ने युवक पक्राउ

बुधबार, २० पुस २०७९
विराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न भएका एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ ।  मोरङको बिराटनगर महानगरपालिका– ६ का १९ वर्षीय राहुल महत्तोलाई पक्राउ गरेको हो । मंसिर २१ गते विराटनगर– ९ बाट को ७ प २४०३ नम्बरको मोटरसाइकल चोरी भएकाे थियाे । मोटरसाइकल खोजी गर्ने  क्रममा चोरीको मोटरसाइकलसहित महत्तोलाई पक्राउ गरेको प्रहरीले बताएकाे छ ।
पक्राउ परेका महत्तोमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यायल मोरङका डिएसपी टीकाबहादुर कार्कीले बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङले यसअघि मोटरसाइकल तथा स्कुटर चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको थियाे । पुस १४ गते राति विराटनगर महानगरपालिका– ९ ठाकुरवाडी रोडबाट चोरी भएको प्रदेश नं।–०१–०२–०४२ प ३७७७ नम्बरको मोटरसाइकल खोज्ने क्रममा प्रहरीले तीन  जनालाई पक्राउ गरेको थियाे  । चोरीमा स‌ंलग्न भएको आरोपमा प्रहरीले धनपालथान गाउँपालिका– ७ का २१ वर्षीय रविन राजबंशी, बुढिगंगा गाउँपालिका– ७ का २५ वर्षीय पन्चदेव खवास र विराटनगर महानगरपालिका– १९ का २१ बर्षीय विकेश खवासलाई पक्राउ गरेको थियाे । सोही दिन बिराटनगर– ८ मधुमाराबाट प्रदेश नं.–०१–०२–००५१ प १०२७ नम्बरको स्कुटर चोरी  गरेको आरोपमा २० बर्षीय सतिस मुखियालाई  पक्राउ गरेको थियाे । चोरीको  स्कुटरको पार्ट पुर्जा खोल्दै गरेको अवस्थामा पक्राउ गरेको थियाे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार