‘कांग्रेसले देशको प्रजातान्त्रिक आन्दोलन र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छ,’ उनले भने, ‘तर कांग्रेसले प्रजातन्त्र र देशका लागि गरेको योगदान जनतालाई बुझाउन सकिरहेका छैनौं ।’
१४ महाधिवेशनपछि पहिलोपटक आयोजित सम्मेलनलाई केन्द्रीय सदस्य डा. डीला संग्रौला, अमृत अर्याल, भीम पराजुली, कोशी प्रदेश सभापति उद्धव थापा, उपसभापति रमेशजंग रायमाझी, मुख्यमन्त्री केदार कार्की, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका उपसभापति नागेश कोइराला, सचिव ललित श्रेष्ठलगायतले कांग्रेसलाई एकढिक्का बनाएर लानुपर्नेमा जोड दिए ।
मोरङका १७ वटै पालिकाका ३ हजार ५५५ जना क्षेत्रीय प्रतिनिधिहरू सहभागी सम्मेलनमा संघीय सरकारका खेलकुदमन्त्रीसमेत रहनुभएका सभापति डिगबहादुर लिम्बूले राजनैतिक, सचिव मोदराज घिमिरेले सांगठानिक र कोषाध्यक्ष रञ्जु अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कलाकारहरूले विभिन्न सांस्कृतिक नृत्य र गीतसमेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया