सराकार सहभागिताका लागि राप्रपाको माग:उपप्रधानमन्त्री सहित ४ मन्त्रालय

विहीबार, २१ पुस २०७९
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले सरकारमा सहभागी हुन उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ । सरकारमा सहभागी हुने निर्णय गरेसँगै राप्रपाले उपप्रधानमन्त्री सहित ४ मन्त्रालयको माग गरेको हो । कुन-कुन मन्त्रालय लिने र क-कसलाई मन्त्री बनाउनेबारे भने पार्टीमा छलफल हुनै बाँकी रहेको प्रबक्ता मोहन श्रेष्ठले बताएका छन् । राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेलगायत सर्त समेत राखेको छ। पुस २७ मा बिदा दिनुपर्ने माग सरकारले न्यूनतम साझा कार्यक्रममै समावेश गर्नुपर्ने माग राप्रपाको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूका एजेन्डा न्यूनतम साझा कार्यक्रममा समावेश गर्नुपर्ने अडान दोहोर्‍याएका छन्  । आफ्ना एजेन्डाहरुलाई न्यूनतम साझा कार्यक्रममा समावेश नगराए सरकारमा सहभागी नहुने र समर्थन समेत फिर्ता लिने राप्रपाले बताउदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार