इलाम मंसिर : इलामको फाकफोकथुम गाउँपालिकामा छातीमा गोली लागेको अवस्थामा एकजना पुरुषको शव फेला परेको छ ।
मृत अवस्थामा रहेको शब फाकफोकथुम–७, खँगुवाका अन्दाजी ५५ वर्षे मनबहादुर लिम्बूको रहेको जिल्ला प्रहरी कार्यालय इलामले पुष्टि गरेको हो ।
स्थानिय दौलत लिम्बूको घर पश्चिममा मनबहादुरको शब फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश जबेगूले जानकारी दिए ।
उनका अनुसार मृतकको छात्तीमा भरुवाको गोली लागेकोजस्तो देखिएको र हातमा समेत चोट रहेको छ ।
शव पोस्टमार्टमका लागि धरान पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रतिक्रिया