गृह जिल्लामा नै लखेटिए एमाले नेता योगेश भट्टराई

आइतबार, १० मंसिर २०८०
ताप्लेजुङ :  नेकपा (एमाले) का सचिव योगेश भट्टराई चढेको गाडीमा उनकै गृहजिल्ला ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । सदरमुकाम फुङलिङ्बाट फर्किने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका ४, तोक्मेडाँडा बसपार्क नजिकै उनको गाडीमा ढुंगा प्रहार गरेका हुन् । पार्टीको कार्यक्रम सकेर पाँचथर फर्किँदैगर्दा उनी चढेको प्रदेश २–०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । सातआठ जनाको समूहमा रहेकाहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा लागेको प्रत्यक्षदर्शीले बताएका छन् । भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो । सिसा छरपस्ट भएपनि मान्छे भने कोही घाइते नभएको एमालेले जनाएको छ । यसअघि मध्याह्न एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडप भएको थियो । उनीहरुले भट्टराईको निवास अगाडि प्रदर्शनसमेत गरेका थिए । दसैं, तिहार, छठ, नेपाल सम्वत् जस्ता चाडपर्वको अवसरमा भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरु उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले चियापान कार्यक्रम आयोजना गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार