पैसा तिरेर फर्किदै गरेकी महिला साहुबाटै बलात्कृत

शुक्रबार, २२ पुस २०७९
पछिल्लो समय बलात्कार जस्तो जघन्य अपराध मौलाउदै गएको छ । सिन्धुलीमा आफ्नै साहुबाट एक महिला बलात्कारको सिकार बनेकी छन् । आफूले लिएको सापटी रकम दिएर फर्कँदै गर्दा बाटोमै महिलालाई पैसा दिने साहुले नै जबरजस्ती करणी गरेको उजुरी परेको छ । सिन्धुलीको दुधौली नगरपालिका-१३ बस्ने एक महिलाले गाउँकै साहुबाट लिएको रकम फिर्ता गरेर घर फर्कने क्रममा जबरजस्ती करणीमा परेकी हुन् । २८ वर्षकी ती महिलाले आफूले लिएको रकम बुझाएर फर्कँदै गर्दा सोही स्थानमा बस्ने तेज बहादुर सुनुवार पछिपछि लागेर बाँसघाँरी नेर एकान्तमा जबरजस्ती गरेको गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ । प्रहरीमा जाहेरी परेपछि अस्थाई प्रहरी पोष्ट अरुणठाकुरबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले सुनुवारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको सिन्धुली प्रहरी प्रवक्ता डिएसपी हरिकृष्ण केसीले  जानकारी दिएका छन् । उजुरीका आधारमा थुनामा रखेर सुनुवारमाथि थप अनुसन्धान भइरहेको डिएसपी कसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार