इटहरी । नेपाल औषधि व्यवसायी सङ्घ सुनसरीको ३ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनको उद्घाटन शुक्रवार भए पनि नयाँ कार्यसमितिका लागि निर्वाचन समितिले लागि आज मनोनयन दर्ता खुल्ला गरेको थियो ।
प्यानलै घोषणा गरेर व्यवसायी चुनावी प्रतिस्पर्धामा उत्रिएपछि प्यानल बाहेक थप उम्मेदवारी नपरेपछि निर्वाचन समितिले विजयी घोषणा गरेको थियो । यसरी निर्विरोध निर्वाचित हुनेहरूमा अध्यक्ष दीपेन्द्र कुमार शाह,वरिष्ठ उपाध्यक्ष मचेन लिम्बु,थोक उपाध्यक्ष शत्रुघन प्रसाद शाह,खुद्रा उपाध्यक्ष इन्द्रबहादुर श्रेष्ठ,महासचिवमा नवीनराज गौतम,कोषाध्यक्ष सन्तोषकुमार सिंह,सचिव हिमाल लिम्बु, सह कोषाध्यक्ष अब्दुल मोजिब रहेका छन् ।
कार्यसमितिकै अन्य सदस्यहरूमा केदार पौडेल,पशुपति चौधरी,उमा दाहाल,सरोज चौलागाई र धिरेन्द्रकुमार मण्डल रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई शुक्रवार हुने उद्घाटन सत्रको कार्यक्रम पश्चात् शपथ ग्रहण गराइने जनाइएको छ ।
सुनसरीमा हाल ६ सय सदस्यहरू दर्ता भए पनि हाल मतदानका लागि ३ सय २४ जना योग्य रहेका छन् । नेपाल औषधि व्यवसायी महासङ्घको स्थापना २०३० सालमा भएको भए पनि सङ्घीय संरचनामा गएपछि मात्र औषधि व्यवसायी सङ्घको जिल्ला र प्रदेश तहका सङ्घहरू गठन प्रक्रियामा गएको थियो ।
प्रतिक्रिया