जिप्रका ताप्लेजुङबाट पनि सुरु भयो इ–पासपोर्टको निशुल्क फारम भर्ने ब्यवस्था

शनिबार, १६ मंसिर २०८०
इलाम : इलामका तत्कालिन प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले सुरु गरेको इ–पासपोर्टको निशुल्क फारम भर्ने ब्यवस्था ताप्लेजुङबाट समेत सुरु भएको छ । इलाममा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारीले इलामबाट सो ब्यवस्था गरेपछि राम्रो चर्चा सुरु भएको थियो । सो ब्यवस्था हाल अन्य जिल्लाहरुले समेत अवलम्बन गर्न थालेका छन् । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सेवाग्राहीको कामकाजमा सहजीकरणको उदेश्य राखेर कार्यालयभित्रै इ–पासपोर्ट फारम भर्न सुरुवात गरेको छ। सेवाग्राहीले इ–पासपोर्ट फारम भर्न बिचौलियालाई प्रशासन कार्यालय बाहिर तीन सय देखि पाँचसयसम्म रकम तिर्नुपर्ने अवस्था थियो । अब जिल्ला प्रशासन कार्यालय मार्फत नै सो सेवा सुरु भएको छ । कार्यालयमा बिचौलियाको अन्त्य गर्नका लागि ई–पासपोर्टको फाराम निःशुल्क भर्ने व्यवस्था सुरु भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले ई–पासपोर्टको फाराम निःशुल्क भर्ने व्यवस्था गरेपछि सेवाग्राहीहरू खुसी भएका छन् । ई–पासपोर्टका लागि फाराम भर्न सेवाग्राहीले पाइरहेको झन्झट र बिचौलियालाई रकम तिरेर फाराम भराउनु पर्ने बाध्यतालाई तोड्दै सेवाग्राहीलाई छिटो छरितो चुस्त बनाएर लैजाने अभियानमा लागेकाले सेवाग्राही लक्षित काम शुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी टङ्क बहादुर भट्टराईले बताए । उनका अनुसार कार्यालय समयभित्र आफ्नै कर्मचारीद्वारा फारम भर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार