इटहरीमा खुकुरी प्रहार गरी महिलाको हत्या

सोमबार, १८ मंसिर २०८०
इटहरी/ इटहरीमा एक महिलाको हत्या भएको छ । इटहरी २ राईचोकस्थित एकल महिला मधुमाया पुरीको आज (सोमबार) दिउँसो ३ बजेतिर हत्या भएको हो । स्थानीय अन्दाजी ४० वर्षीय सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ । "हामी घटनास्थलमै छौँ । घटनाको कारणबारे खुल्न बाँकी छ," डीएसपी टेकबहादुर कार्कीले भने, "आपसी झगडामा हत्या भएको देखिन्छ । संलग्नलाई नियन्त्रणमा लिएका छौँ ।" प्रहरीले घटनामा संलग्न राईलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार