धरान / पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा नेशनल लेभल टेक्निकल फेस्टिभल, पुस अन्तिममा हुने भएको छ ।
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा पत्रकार सम्मेलन गर्दै सो फेस्टिभलका बारेमा जानकारी गराइएको थियो ।
क्याम्पसमा रहेका सात वटा इन्जिनियरिङ सङ्काय सम्बद्ध गैर राजनीतिक विद्यार्थी सङ्गठनको सहकार्यमा स्थापित डेल्टाले नेशनल लेभल टेक्निकल फेस्टिभल आयोजना गर्दै आएको कार्यक्रमको संयोजक कल्याण बास्कोटाले बताए ।
कार्यक्रम ३ दिनको हुने र करिब २० हजारको उपस्थिति रहने अनुमान आयोजकको रहेको छ ।
प्रतिक्रिया