१ सय ६३ विद्यालयको सहभागितामा सुष्मा कलेजले चौथो साइन्स ओलम्पियाड गर्ने

शुक्रबार, २२ मंसिर २०८०
इटहरी । इटहरीमा रहेको कलेज सुष्मा गोदावारी कलेजले चौथो संस्करण साइन्स ओलम्पियाड गर्ने भएको छ । कलेजले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । मङ्सिर २३ गते शनिवार देखी हुने  ओलम्पियाड सुनसरी र मोरङका १ सय ६३ वटा विद्यालयका बिद्यार्थीहरुले सहभागिता जनाउने कार्यक्रम संयोजक श्याम घिमिरेले जानकारी दिए । २१ औँ शताब्दीलाई विज्ञान र प्रविधिको युग भनेर चिनिने उल्लेख गर्दै विद्यार्थीलाई विज्ञान प्राविधिक जनशक्तिको विश्वको बाटोतर्फ अग्रसर गराउन कार्यक्रम गर्न लागिएको बताइएको छ । कलेजले तिन वर्ष अघि देखी नै यस किसिमको कार्यक्रम आयोजना गर्दै आएको प्राचार्य बोधराज नेपालले बताए ।मुख्य कक्षा–१० मा अध्ययनरत छात्र/छात्राहरूलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको सह प्राचार्य बलराम पन्तले जानकारी दिए । ओलम्पियाडमा प्रथम, द्धितिय र तृतीय विद्यार्थीहरूलाई कमश १५ हजार, १० हजार, र ५ हजार पुरस्कार प्रदान गरिने कलेजले जनाएको छ । यस्तै दश जनाले जनही रु.१ हजारका दरले सान्तवना पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रम सम्पन्न गर्न तीन लाख बढी खर्च लाग्ने कार्यक्रम संयोजक घिमिरेले बताए । तस्बिरः गुरु ढकाल

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार