वेस्टर्न युनियनको “दशैँमा १० गुणा” योजनाकी विजेतालाई नगद हस्तान्तरण

शुक्रबार, २२ मंसिर २०८०
काठमाडौँ / वेस्टर्न युनियन मनी ट्रान्सफरले आफ्नो दशैँ लक्षित  “दशैँमा १० गुणा” योजनाकी विजेता, इटहरी निवासी  श्रीमती होमा देवी पान्डेलाई नगद हस्तान्तरण गर्यो ।  योजना अनुसार विजेताले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी हुन्।
नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी “दशैँमा १० गुणा”अभियान शुरु गरेको थियो । बम्परमा प्राप्त रकमको १० गुणा बाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए ।
नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले  नेपालीहरुलाई  सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार