लेटाङ। सुनसरीको इटहरीमा रहेको नवदृष्टि आँखा अस्पतालले मोरङको लेटाङमा बृहत् आँखा शिविरको आयोजना गरेको छ । लेटाङ वडा नम्बर ६ सँगको सहकार्यमा उक्त शिविरको आयोजना गरिएको हो । ग्रामीण क्षेत्रमा रहेका सर्बसाधारणहरुको सहज पहुँचमा आँखा परीक्षण गर्ने उद्देश्यका साथ आँखा शिविरको आयोजना गरेको अस्पतालका अध्यक्ष वरिष्ठ नेत्र विशेषज्ञ डा . विजय गौतमले बताए ।
आँखा शिविरमा ६८ जना सर्वसाधारणको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ । शिविरमा आँखामा समस्या देखिएका बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । साथै सो क्रममा मोतीबिन्दु देखा परेका १३ जना बिरामीहरूलाई शल्यक्रियाका लागि नवदृष्टि आँखा अस्पताल इटहरी रेफर गरिएको थियो ।
प्रतिक्रिया