पेट्रोलियम पदार्थको मूल्य घट्यो

शनिबार, ३० मंसिर २०८०
विराटनगर :  पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रवार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेकाले निगमले ३ रुपैयाँ मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजेल तथा मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ । यसै गरी चारआली, विराटनगर जनकपुर, अमलेखगन्ज, भलवारि, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा खुद्रा मूल्य पेट्रोलको लिटरको १६४ रुपैयाँ ५० पैसा पर्नेछ । डिजेल तथा मट्टितेलको लिटरको १५४ रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै सुर्खेत र दाङ डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा पेट्रोलको लिटरको १६६ रुपैयाँ डिजेल तथा मट्टितेल लिटरको १५५ रुपैयाँ पर्ने आयल निगमले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार