सुदूरपश्चिम प्रदेश : एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्दै

मंगलबार, २६ पुस २०७९
कुनै पनि सरकारलाई समर्थन नगर्ने अडानमा रहेको नागरिक उन्मुक्ति पार्टीले अन्ततः हालको सत्ता साझेदार गठबन्धनलाई समर्थन गर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टी प्रतिनिधि सभाका प्रमुख सचेतक गंगाराम चौधरीले हालको नेकपा एमाले र माओवादी नेतृत्वको सत्ता साझेदार गठबन्धनलाई समर्थन निर्णय भएको जनाए । नागरिक उन्मुक्तिको समर्थन गर्ने निर्णयपछि केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डलाई विश्वासको मत दिइने भएको छ । भने यता सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको जिम्मेवारी पाएको नेकपा एमालेलाई नेतृत्वको बाटो खुलेको हो । योसँगै नेकपा एमाले संसदीय दलको नेता रहेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने मार्ग समेत सुनिश्चित भएको छ । सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक शक्ति नागरिक उन्मुक्तिको समर्थनले एमालेको नेतृत्वमा बहुमत सरकार बन्ने भएको हो । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बहुमतका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्य चाहिन्छ । यहाँ नागरिक उन्मुक्ति पार्टीको समर्थनले केन्द्रका सत्ता साझेदार दल माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र राप्रपाको जम्मा सिट सङ्ख्या २९ को बहुमतको सरकार बन्ने भएको हो । यहाँ नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार