धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमा सेवाको प्रथम सेवा विन्दुका रूपमा निरन्तरता दिने सरकारको प्रतिबद्धता आएको छ। नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सोमबार सार्वजनिक गरेका जानकारीअनुसार स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग यस विषयमा टेलिफोन तथा प्रत्यक्ष भेटवार्ता भएको हो।
विश्वकर्माका अनुसार हिजो मन्त्री पौडेलसँग टेलिफोन वार्ता भएको थियो भने आज बिहानको भेटमा धरानवासीहरूले भोग्दै आएको स्वास्थ्य सेवासम्बन्धी समस्या र पीडाका विषयमा विस्तृत जानकारी गराइएको थियो। मन्त्री पौडेलले केही प्राविधिक र नीतिगत समस्याका कारण अस्थायी रूपमा देखिएको समस्या तत्काल समाधान गरिने बताउँदै ध्यएप्क्ष्ज्क् केन्द्रबाटै स्वास्थ्य बीमाको सेवा यथावत रूपमा जारी राखिने वचन दिएका हुन् ।
प्रतिक्रिया