सरकारले उखुको न्युनतम मूल्य तोक्यो

बुधबार, ०४ पुस २०८०
काठमाडौं /सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्वीन्टल ६३५ रुपियाँ तोकेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपियाँ तोकेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जसमा प्रतिक्विन्टल पाँच सय ६५ रुपियाँ उखु मिलले किसानलाई दिनुपर्नेछ भने प्रतिक्विन्टल ७० रुपियाँ सरकारले कृषकलाई अनुदान दिने बताइन्  । उनले बैठकमा सरकारको एक वर्षको कार्यप्रगतिबारे समीक्षा गरेको पनि जानकारी दिनुभयो । ‘‘सरकार गठनको प्रधानमन्त्रीज्यूले पदभार ग्रहण गरेको करिब एक वर्ष पुग्दैछ । केही सामान्य समीक्षा, केही कुराका छलफल भयो । मुख्यसचिवले समग्र कामलाई अलि पिकअप लिनको हाम्रा कतिपय प्रक्रिया र इच्छाशक्तिमा भएका समस्याहरुदेखि लिएर हामीले सबै सुधार गर्नुपर्ने कतिपय कुरा छन् । तिनका निर्णय प्रक्रिया, ऐन, कानुन निर्माणमा सुधार गर्नुपर्ने विषयमा पनि विस्तृत प्रस्तुति गरेकी थिइन  ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘आजको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्यूनतम खरिद मूल्य तोकिएको छ । त्यसलाई उद्योगले रु. पाँच सय ६५ प्रतिक्विन्टल दिनुपर्ने त्यो कायम गर्ने भन्ने निर्णय भयो । उखु कृषकलाई ७० रुपियाँ प्रतिक्विन्टल अनुदान दिने र यसरी किसानले उखुको प्रतिक्विन्टल ६ सय ३५ रुपियाँ प्राप्त गर्ने  निर्णय भएको छ ।’’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार