उक्त संक्रामक रोग तथा सघन उपचार केन्द्रमा नेगेटिभ प्रेसरसहितको २४ वटा आईसीयू, २० वटा आईसीयू, ४७ वटा एचडीयू र ८१ वटा सामान्य शैय्या, इसिजी, एक्स–रे सेवा, एक सय ५० सिलिण्डरको दुई वटा अक्शिजन प्लाण्ट, वेष्ट म्यानेजमेण्ट रहेको छ । उक्त केन्द्रमा अहिले ओपिडी सेवा सञ्चालनमा रहेको केन्द्रका प्रशासन प्रमुख अनुपम राजबंशीले बताएका छन् । उक्त केन्द्रस“गै रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नेपालमा उपलब्ध सबै प्रयोगशाला सेवा उपलब्ध रहेको छ ।
हृदय रोग विशेषज्ञ प्राडा. कोइरालाले संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रहेको जग्गा, भौतिक संरचना, उपकरण, जनस्वास्थ्य प्रयोगशालाले हृदय रोग केन्द्र मात्रै नै नभई अन्य धेरै सेवा सञ्चालन गर्ने अवस्था रहेको तर हामीले अहिले कहा“ र के के सेवाबाट हृदय रोग केन्द्र सञ्चालन गर्ने बारे अध्ययन थालेको बताएका हुन् ।
संघन उपचार केन्द्रमा रहेको आईसीयू, एचडियूलगायतका उपकरणहरु कोरोना महामारीपछि प्रयोग विहिन रहेकाले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले उक्त उपकरणहरुको उपयोग गरेर हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु गरेको बताए ।
‘संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई अबको एक महिनाभित्र शैलजा आचार्य हृदय रोग केन्द्रको रुपमा सञ्चालन गर्छौं,’ उनले भने, ‘त्यसका लागि काठमाडौंबाट हृदय रोग विशेषज्ञ प्राडा. भगवान कोइराला लगायतका विशेषज्ञ टोली बोलाएर सञ्चालनको तयारीमा जुटेका छौ ।’ विशेषज्ञ टोलीले दिएको सल्लाह, सुझावका आधारमा सम्पूर्ण तयारी गरेर हृदय रोग केन्द्र सञ्चालन गरेर यस प्रदेशका मुटु रोगीहरुलाई सेवा प्रवाह गर्ने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए ।
प्रतिक्रिया