प्रहरीले म्याद थप गरे सँगै सहकारीका पूर्व सञ्चालकहरूलाई प्रहरीमा बोलाएर अनुशनधान सुरु गरेको छ । पूर्व सञ्चालकहरू टिकाराम बास्कोटा,दुर्गा धिताल,गीता ढकाललाई पनि कार्यालयमा बोलाएर प्रहरीले २ दिन लगाएर बयान लिएको छ ।यस्तै पूर्व लेखा समिति सदस्यहरू ओम श्रेष्ठ र निर्मल फुयाललाइ पनि प्रहरीले बयान लिएको छ । यस्तै संचालक राजकुमार तामाङको भने रजिस्ट्रार कार्यलयले गरेको अनुशन्धानमा ठगी गरेको देखाएपनी प्रहरीले गरेको अनुशन्धानमा भने कुनै पनि रकम चलाएको देखिएको छैन । उनी अहिले सम्पर्क बाहिर रहेका छ्न । पूर्व लेखा समिति संयोजक रहेका बद्री रेग्मीलाई भने सम्पर्क बाहिर भएका कारण प्रहरीले अहिले सम्म बोलाएको छैन । पूर्व सञ्चालक समिति सदस्य रहे पनि गीता ढकाल स्वयम पीडित समेत हुन । उनले सञ्चालक समिति सदस्य रहेका समयमा २०७४ सालमा जग्गा बिक्री बापत आएको १ करोड ६६ लाख रुपैयाँ पैसा सहकारीमा मुद्धतिमा जम्मा गरेको बताएकी छिन । आफै सञ्चालक समिति सदस्य भएको बेला बैङ्कमा मुद्धतिमा १२ प्रतिशत ब्याज हुँदा यहाँ १४ प्रतिशत थियो ।
सञ्चालक समितिका साथीहरूले भन्नुभयो र अम्बेमै मुद्धतिमा राखेको बताएकी छिन । प्रहरीमा हाल सम्म २७ करोड ५ लाख ठगिएको भन्दै सञ्चालकहरू विरुद्ध किटानी जाहेरी परेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सहकारी ठगीका बारेमा प्रदेश सहकारी रजिस्ट्रार कार्यालयबाट उजुरी परेपछि प्रहरीले ५ जनालाई पक्राउ ग¥यो । प्रहरीले सहकारीका अध्यक्ष फणीन्द्र मगरसहित सञ्चालकहरू शिला गजमेर, राहुल अग्रवाल र कुमार आलेलाई पक्राउ गरेको थियो । इटहरी ४ का देवेन्द्र बस्नेत, इटहरी ६ का सागर राई, इटहरी ४ कै टेकबहादुर चर्मकार, ओखलढुङ्गा घर भएका भोजकुमार पुलामी मगर र इटहरी ४ कै मीनकुमार मगर भने अहिलेसम्म फरार रहेका छन् । उनीहरू सबै विरुद्ध जिल्ला अदालत सुनसरीले पक्राउ पुर्जी जारी गरेपनि अहिले सम्म फरार रहेको प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सहकारीमा ४७ करोड बचत अपचलन भएको देखिएको छ ।
प्रतिक्रिया