रेडक्रस हाँसपोसा उपशाखाले गर्यो विपन्न विद्यार्थीलाई कपडा वितरण

मंगलबार, २६ पुस २०७९
जाडो अत्याधिक बढ्दै गएको कुरालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाले विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । इटहरी उपमहानगर वडा १ म रहेको मदर्शा विद्यालयमा अध्यायनरत विपन्न विद्यार्थीहरूलाई जाडोको न्यानो कपडा वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखा सभापति सुमन दाहालले जानकारी दिए । शभापती दाहालक अनुसार ४० जना विद्यार्थीलाई जाडोमा प्रयोग हुने स्वीटर, कार्पेट र म्याट वितरण गरिएको हो । रेडक्रसले यसअघि पनि विपन्न विद्यार्थीहरूलाई सहयोग गर्दै आएको दाहालले बताए । इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठको प्रमुख आतिथ्यमा न्यानो कपडा वितरण गरिएको हो । आर्थिक जाडो बढ्दै जादा आर्थिक अवस्था न्यून भएका परिवारलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएको शभापती दाहालले उल्लेख गरेका छन्  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार