गेयर चेन्ज गरेर सरकार अघि बढ्छ : मन्त्री शर्मा

आइतबार, ०८ पुस २०८०
विराटनगर । नेपाल सरकारकाे सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले गेयर चेन्ज गरेर अघि बढ्ने बताएकी छन् । प्रेस सेन्टरले विराटनगरमा आयाेजना गरेकाे पत्रकारसम्मेलमा उनले सरकारले एक वर्ष पूरा गरेका कारण अब गेयर चेन्ज गरेर नयाँ ढंगले अघि बढ्ने बताएकी हुन् । सरकारले राम्रा काम गरिरहेकाे बताउँदै उनले एक वर्षमा धेरै राम्रा र सकारात्मक काम भएको बताइन् । मन्त्री शर्माले सरकारका सकारात्मक कामलाई जनतासमक्ष पुर्याउन पनि आग्रह गरिन । सञ्चार सेवा प्रदायकले राजस्व छली गरेकाे पाइएकाे बताउदै उनले राजस्व बुझाउन ताकेता भइरहेको बताइन् । सेवा प्रदायकसँग छलफल भइरहेको बताउँदै चाडैं राजस्व संकलन गर्ने बताइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार