ई-क्यान पूर्वाञ्चलको अध्यक्षमा रवीन्द्र निरौलाको दाबेदारी 

आइतबार, ०८ पुस २०८०
धरान / शैक्षिक परामर्श सङ्घ पूर्वाञ्चल ई-क्यानको चौथो अधिवेशनको लागि इटहरीका रवीन्द्र निरौलाले अध्यक्षमा सशक्त दाबेदारी प्रस्तुत गरेका छन् ।
पौष ९ गते सोमबार हुने सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनका लागि सङ्घको अध्यक्षमा निरौलाले दाबी गरेका हुन । हालका कार्यसमितिका कोषाध्यक्ष भएर कुशल कार्यकाल सञ्चालन गरेका निरौलाले इटहरीमा २ दशक देखि लोटस मल्टिट्रेनिंङ प्रालि सञ्चालन गर्दे आएका छन् ।
२ वर्ष कार्यसमिति सदस्य पुरा गरेर कोषाध्यक्षमा सर्वसम्मत चयन भएका निरौलाले आफ्नो दाबेदारीलाई सहज रूपमा लिन आग्रह गरेका छन् ।
निरौलाले सदस्यहरू बिस्तार सँगै स्थानीय तहमा समन्वय गरेर कन्सल्टेन्सी ब्यावसायलाई मर्यादित बनाउने लक्ष्य राखेको बताउँछन् । यस्तै सदस्यहरूलाई दक्ष बनाउनका लागि कर,परामर्श,स्किल डेभलपमेन्ट तालिमहरू गराउने उद्देश्य रहेको निरौला बताउँछन् । उनले आफ्नो कार्यकालमा संस्थाको वार्षिक क्यालेन्डर तयार पारी आगामी दिनमा सोही अनुसारका कार्यक्रमहरू अघि बढाउने समेत उद्देश्य राखेको उनी बताउँछन् ।
यस्ता निरौलाले अध्यक्ष भएपश्चात् संस्थाका सम्पूर्ण सदस्यहरूको १० लाखको दुर्घटना बिमा समेत गर्ने उद्देश्य रहेको बताए । उनले संस्थाको गरिमालाई कायम राख्दै, संस्थाको उद्देश्य अनुरूप सम्पूर्ण शैक्षिक परामर्शसँग सम्बन्धित सस्थाहरु सहकार्य समन्वय र भाइचारा सम्बन्ध राखी पेसागत हकहितका लागी काम गर्ने बताएका छन् ।
उनले कोसी प्रदेशमा रहेका विभिन्न जिल्लाहरूमा परामर्शका क्षेत्रमा काम गर्ने संस्थाहरूलाई एकताबद्ध गर्ने देखि लिएर ईक्यानलाई व्यवस्थित गर्न कर्मचारी राखी कार्यालय सञ्चालन गर्ने लगायतका एजेन्डाहरू अघि सारेका छन् । संस्थामा हाल २४ सदस्यहरू दर्तामा रहेका छन् ।
२ वर्षका लागि निर्वाचित हुने ई क्यानको पूर्वाञ्चल समिति ९ जनाको रहनेछ । जसमा अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष र ४ सदस्य सहित नि-वर्तमान अध्यक्ष समेत कार्यसमितिमा रहने व्यवस्था रहेको छ ।
धरानको होटेल गजुर प्यालेसमा हुने ७ औ साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन सत्रका लागि केन्द्रीय अध्यक्ष शेषराज भटराई,महासचिव दीपकराज भुसाल,सचिव भवनाथ हुमागाईँ र कोषाध्यक्ष आसिक कार्की धरान आइसकेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार