बेपत्ता व्यक्ति ४० वर्ष पछि फेला परेपछि ....

सोमबार, ०९ पुस २०८०
विराटनगर / करिब ४० वर्षदेखि हराइरहेका ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ का अन्दाजी ६० वर्षीय धनबहादुर लिम्बू घर फर्किएका छन् । शनिवार उनलाई आफन्तको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, उनलाई भारतको सिक्किमस्थित अन्तर्राष्ट्रिय मानव परिषद् नामक संस्थाका प्रतिनिधिले करिब दुई महिनाअगाडि बेवारिसे अवस्थामा फेला पारेका थिए । त्यसपछि त्यहीँको पुनः स्थापना केन्द्रमा राखिएको नेपाली पक्षलाई जानकारी गराइएको थियो । नेपाल पक्षले सो संस्थासित समन्वय गर्‍यो । सोहीअनुसार संस्थाका प्रतिनिधिले शनिवार  इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याएर उनको भतिज नाता पर्ने सिरीजंघा–३ का ४३ वर्षीय आइतराज लिम्बूलाई जिम्मा लगाएको झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनी हराएको यकिन मिति र कसरी भारत पुगे भन्नेबारे आफूहरूले विस्तृतमा सोधपुछ नगरेको प्रवक्ता रिजालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार