संस्था स्थापना हुँदा महत्वुर्ण सहयोग गर्ने कृपासोर गुरुङलाई पनि ढाका टोपी लगाएर संस्थाका अध्यक्ष हरिदास गुरुङले सम्मान गरेका थिए । २०५९ साल माघ ६ गते स्थापना २५ जना सेयर सदस्यबाट ६२ हजार नगद सङ्कलन गरेर स्थापना भएको थियो । इटहरी २० तरहरा सो समयमा सुरुवात गर्दा कोठा भाडामा लिएर फर्निचर समेत नभएर गुन्द्री ओछाएर स्थापना भएको संस्थाको वार्षिक कारोबार ११ करोड पुगेको संस्थाका व्यवस्थापक प्रेम गुरुङले बताए ।संस्थामा हाल १ हजार १ सय ४२ जना सेयर सदस्यहरूबाट सङ्कलित सेयर रकम १ करोड ५६ लाख सेयर पुजी रहेको छ । संस्थाको खुद मुनाफानै यस वर्ष ३३ लाख बढी रहेको प्रतिवेदनमा उल्लेख छ । ४ वर्ष अघिदेखि तरहरामा आफ्नै भवन निर्माण गरी सञ्चालन हुँदै आएको सहकारीले सेयर सदस्यहरूको आर्थिक स्तरलाई माथि उकास्ने उद्देश्यका साथ लर्डबुद्ध प्याकेजिंङ उद्योग समेत सञ्चालन गर्दे आएको छ ।
सो उद्योगमा सेयर सदस्यहरूले उत्पादन गरेको विभिन्न प्रकारका खाद्यान्नका सामाग्रीहरू सौलियत दरमै बिक्री वितरण गर्दे आएको छ । डिजिटल कारोबार गर्ने उद्देश्यले यस वर्ष देखि संस्थाले एस.एम.एस बैंकिङको सुविधा समेत सुरु गरेको संस्थाका अध्यक्ष हरिदास गुरुङले बताए ।संस्थाले आगामी वर्षमा डिजिटल कारोबारलाई अझ परिष्कृत गर्दे क्यु.आर कोड तथा एटिएम सेवा समेत सञ्चालन गर्ने लक्ष्य राखेको जनाइएको छ ।
संस्थाको अध्यक्षमा पुन गुरुङ लर्डबुद्ध बहुउद्देश्यीय सहकारी संस्थाको ११ औ अधिवेशनबाट अध्यक्षमा पुन हरिदास गुरुङ निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा भोलानाथ खतिवडा,सचिवमा जगतबहादुर भटराई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया