सुनसरी क्षेत्र नं २ को मतगणना जारी छ । सुनसरी (क) अन्तर्गत इटहरी उपमहानगरपालिका वडा नम्वर १ को गणना सकिएको छ र हाल २ नम्वर वडाको मतगणना भइरहेको छ । पछिल्लो मतगणना अनुसार नेकपा एमालेका प्रदेश सदस्यका उमेद्धार रेवती भण्डारी अगाडी देखिएका छन् । उनले ११९६ मत प्रप्त गरेर लिड गरिरहेका छन् ।
गठबन्धनका संयुक्त उमेद्धार द्धारिकलाल चौधरीले भण्डारीलाई पछ्याइरहेका छन् । ताजा मतपरिणाम अनुसार चौधरीले ८७९ मत प्राप्त गरेका छन् । रिक्सा चुनाव चिन्ह भएका स्वतन्त्र उमेद्धार दिपेन्द्र घिमिरेले ६४४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टिका उमेद्धारले ६४० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया