लागुऔषध सहित एक व्यक्ति मेचीनगरमा पक्राउ

सोमबार, १७ कार्तिक २०८२
सांकेतिक फाईल

झापा : लागुऔषध (खैरो हेरोइन) सहित एक व्यक्ति मेचीनगरबाट प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ झापा मेचीनगर–६, मेचिपुल नजिक भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति नुवाकोट किस्पाङ गाउँपालिका–३ का २७ वर्षीय रामबहादुर तामाङ हुन्। उनको साथबाट खैरो हेरोइनजस्तो देखिने लिसिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

फेला परेको पदार्थलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित १९ ग्राम ३८० मिलिग्राम र प्लास्टिक बाहेक १७ ग्राम २०० मिलिग्राम तौल भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तामाङलाई लागुऔषधसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार