झापामा हात्तीको आक्रमणमा परि एकको मृत्यु,सुनसरी,मोरङ,झापामा ३ महिनामा ७ जनाको हात्ती आक्रमणमा मृत्यु

शुक्रबार, १३ पुस २०८०
झापा / झापामा मानव जङ्गली हात्तीको द्वन्द्व बढेर गएको छ । जङ्गली हात्तीको आक्रमणमा परि घरमै सुतिरहेका झापा शिवसताक्षी नगरपालिका ११ सृजना टोलका ४६ वर्षीय मेघराज राईको ज्यान गएको छ । घरमै सुतिरहेको वेला बिहीबार राती १ बजेको समयमा राईको घरको टाटी भत्काएर हात्तीले अन्न लिएर जाने क्रममा राईलाई समेत आक्रमण गरी घटनास्थलमै हात्तीको आक्रमणमा परि मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीले धमाधम घर भत्काउन थालेपछि परिवारका अन्य सदस्यको उद्धार गर्ने क्रममा घर मुली राईको हात्तीसँग जम्काभेट हुँदा हात्तीले कुल्चिएर राईको मृत्यु भएको हो । हात्तीले राईको घरमा भएको अन्न खानुको साथै राईको घरको समेत बेरा भत्काइदिएको छ । हात्तीको आक्रमणमा परि मृत्यु भएका राईको हाल शवलाई पोष्टमर्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ  । ३ महिनाको अन्तरमा ७ जनाको आक्रमणमा परि मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरूमा झापामा ४ जना,मोरङ २ जना र सुनसरीमा १ जना गरी ६ जनाको हात्ती आक्रमण परि ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार