सुतेकै अवस्थामा बेहोस भेटिएका प्रहरी हवल्दारको मृत्यु

सोमबार, १६ पुस २०८०
विराटनगर । संखुवासभामा एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । सुतेकै अवस्थामा बेहोस फेला परेका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा संखुवासभा जिल्ला कारागारमा ड्युटीमा रहेका प्रहरी हवल्दार ४१ वर्षीय डिकबहादुर तामाङ छन् । प्रहरीका अनुसार इलाम घर भएका उनी आइतबार राति १० बजेदेखि बिहान २ बजेसम्म ड्युटीमा खटिएका थिए । ड्युटी सकेर उनी सुत्न गएका थिए । पोशाकमै सुतेको अवस्थामा उनी फेला परेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार