झापा : त्रिभुवन विश्वविद्यालयले हिजो बिहीबार आयोजना गरेको ५१औं दीक्षान्त समारोहमा झापाकी आशा निरौला खनाल र उनीकी छोरी सोही समारोहमा दीक्षित भएका छन् । पढाईको महत्वका साथै निरन्तरको मेहनत धैर्यता र हिम्मतका कारण आशा छोरीसंगै दीक्षित भएकी हुन् ।
विवाहपछि कक्षा १२ मा पढाइ रोक्नु परेको र श्रीमान् गुमाएपछि चार सन्तानको जिम्मेवारी एक्लै बोकेर सन्तानलाई पालनपोषण सहित पढाएर आफुपनि पढाइलाई छुटेको पढाइलाई पुरा गर्न लागि परेकी आशाले स्नातक तह पुरा गरेर दीक्षित भइएकी हुन् ।
आफ्ना सन्तानहरुलाई उच्च शिक्षाका अध्ययन सम्म पुर्याएर आफनो अध्ययन पुरा गर्ने सपनालाई निरन्तरता दिन थालेकी आशाले ५४ वर्षको उमेर स्नातक पुरा गरेर दीक्षित भएकी छन्। उमेर, परिस्थिति र पारिवारिक जिम्मेवारी पुरा गर्दै आशाले अध्ययनलाई निरन्तरता दिएको फल आज आफनै सन्तानसंगै एउटै मञ्चमा दीक्षित हुन पाएकी हुन। । आशाको पढाइ प्रतिको लगाव र सफलता अरुका लागि पनि प्रेरणादायी रहेको छ ।
विहीवार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा आशा सहित ९ हजार ६८ जनाले स्नातक तहको प्रतिनिधित्व गर्दै दीक्षित भएका थिए ।
प्रतिक्रिया