इलाम,-इलामको सन्दकपुरमा एउटा यस्तो खेतको गह्रो छ, जुन फुटबल मैदानका लागि पर्याप्त छ ।
सन्दकपुर गाउँपालिका–३, सुलुबुङ स्थित टारीमा रहेको खेतको गह्रो खेलमैदानका लागि पर्याप्त पुग्ने गरेको छ ।
यहाँ विगत साल देखी नै माघे सङ्क्रान्ति अवसरमा खुला नकआउट पुरुष फुटबल प्रतियोगिता सञ्चालन गरिँदै आइएको छ ।
पाकेको धान काटिसकेपछि यस खेतको गह्रोमा खेल खेलाइने गरिएको छ ।
यही खेतको गह्रोमा एकातर्फ सात जना (सेभेन साइज) खेलाडी खेल्न सक्ने मैदान पर्याप्त पुग्ने गरेको छ ।
यो खेतको गहे पूर्वी पहाडी भेगकै ठुलो खेतको गह्रो भएको स्थानीयको दाबी छ ।
यस खेतको गहेमा आठ पाथी धानको बीउ रोप्न सकिन्छ । स्थानीय खेमराज ढकालका अनुसार सो खेतको गहेलाई टारी भनिने गरिएको थियो ।
पछिल्लो समय सिङ्गै गाउँलाई टारी भन्ने गरिएको छ ।
बर्सेनि सो खेतको गहेमा फुटबल प्रतियोगिता गरिँदै आइएको छ । टारी फुटबल क्लबले यस वर्ष समेत तेस्रो संस्करणका रूपमा पुस २२ देखि माघ १ (माघे सङ्क्रान्ति) सम्म प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगिताको फाइनल विजेता टिमले नगद ६१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिमले नगद ३१ हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।
एउटै खेतको गहे मैदान भएर खेल सञ्चालन हुने प्रतियोगिता हेर्नकै लागि जिल्लाका विभिन्न ठाउँबाट मानिसहरू जाने गरेका छन् ।
प्रतिक्रिया