वचतकर्तामाथि घात गर्ने कानुनको दायरामा आउने छन् : अर्थमन्त्री डा. महत

शुक्रबार, २० पुस २०८०
रामपुर (पाल्पा) / अर्थमन्त्री डा. प्रकाश शरण महतले सहकारीबाट वचतकर्ताको रकम हिनामिना गर्ने कानुनको दायरामा आउने बताएका छन। सहकारीबाट ठगी भएको घटना आइरहेको सन्दर्भमा बचतकर्ता माथि विश्वास घात गर्नेलाई कानुनको दायरामा ल्याएरै छाड्ने बताए। अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्ती विशेष समारोहको समुद्घाटन गर्दै महतले सदस्यको पसिनाको कमाई दुरुपयोग गर्ने कसैलाई छुट नभएको बताए। ‘‘वचतकर्ताको विश्वसलाई माथि घात गर्नेहरु एक छिनको लागि कानुनको दायरा बाट भाग्लान् तर सधै भाग्न सक्दैनन्’’, उनले भने, ‘‘कानुनको दायरामा उनीहरु अवश्य पनि आउँछन्। किनभने वचतकर्ताको पैसा हो। यहाँहरुको पसिनाको एक एक पैसा बाट जम्मा भएको रकम हो। दुरुपयोग गर्ने छुट छैन।’’ सहकारीको नियमक निकाय नहुँदा सहकारीले बैंकको रुप लिएको बताए । सहकारीको व्यवस्थापक को छन् भन्ने सदस्यलाई थाहा नभएको र विश्वास कै भरमा वचत गर्दा कतिपय सहकारीका सदस्य माथि विश्वास घात भएको बताए । देशैभर रहेका सहकारीको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए। निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारीको सहभागीता बिना देशको आर्थिक तथा सामाजिक हुन नसक्ने बताए। फरक प्रसङ्गमा उनले अर्थतन्त्रका विषयमा विभिन्न प्रचार भैरहे पनि विस्तारै अर्थतन्त्र लयमा फर्किएको र पुँजीको अभाव नभएको बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार