‘गोविन्द केसीको आन्दोलनमा राष्ट्रवादको चर्को नारा लगाउने र लाइक, कमेन्टका लागि ठूलो स्वरमा भाषण गर्ने नेताहरू अहिले मिसन रोजगारी भन्न थालेकोलाई के भन्ने ?,’ उनले भने, ‘पैसाको कमीले हामी गरिब र रोजगारी विहीन भएका होइनौँ, मानसिक द्वन्द्वले गरिब भएको बुझ्नु जरुरी छ ।’मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रमा सरकार संवेदनशील भएर काम गरिरहेको बताएका छन् । ‘३५ सय तिरेर स्वास्थ्य बीमा गर्ने सबैका अस्पतालहरूले एकै पटकमा एक लाखको उपचार गरेर सिद्ध्याइदिएपछि कहाँबाट स्वास्थ्य क्षेत्र सुध्रिन्छ,’ उनले भने, ‘बीमा गरेका सबैले एक-एक लाखको दरले उपचार गराएपछि बीमा कम्पनी डुब्दैन ? बीमा कार्यक्रम बन्द हुँदैन भने के हुन्छ ?’
प्रतिक्रिया