शुक्रवार नै ललितपुर स्थित प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्कीको निवासमा पुगेर टोलीले योजनाका लागि पहल गरिदिन आग्रह गरेको छ । टोलीले मन्त्रालयका सचिव , विभागका निर्देशकहरुसंग समेत योजनाको विषयमा छलफल गरेको थियो ।
सप्तकोसी नदिमा झोलुङ्गे पुल , चतरारसुर्यकुण्ड स्तरीय सडक निर्माण , चतरा कोशी पुलदेखि वराहक्षेत्र मन्दिरसम्मको सडकलाई स्तरोन्नति , बाङ्गेदेखि नडाह, धरानसम्मको सडक कालोपत्रे योजना , बाघ खोला र बगुवा खोलामा निर्माणाधीन पुल योजना , नगरपालिकालाई नयाँ सहर बनाउने योजना , चतराधाममा आयोजना हुने कुम्भ मेला , विद्यालय , क्याम्पसको भवन , स्तरोन्नति लगायत निर्माणाधीन योजना र थप योजनाका विषयमा छलफल तथा योजनाकलालागि पहल गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।
कोशी कटान नियन्त्रण , जङ्गली जनावरको त्रास , कृषि सडक , भौतिक पूर्वाधार लगाए विषयमा योजना पेस गरेको नगर प्रमुख कार्कीले बताए । वराहक्षेत्र विकासको विषयमा राजनैतिक आग्रह पूर्वाग्रह आफूसँग नरहेको र गर्न नहुने नगर प्रमुख कार्कीको भनाई छ ।
नगरपालिकाको प्रमुखको जिम्मेवारी लिए पछिको पछिल्लो पटक बसेको करिब ३० वटा कार्यपालिकाको बैठकमा सम्पूर्ण निर्णयहरू सर्वसम्मत गराएका छन् । कुनै पनि कार्यपालिकाको निर्णयमा कार्यपालिका सदस्यहरूले फरक मत राखेका छैनन् ।
२१ जना सदस्य रहेको कार्यपालिकामा नगर प्रमुख रमेश कार्की सहित नेपाली काँग्रेसको १३ जना सदस्य , उप प्रमुख सहित नेकपा एमालेको ४ जना , नेकपा माओवादीको २ जना , जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको १ १ जना सदस्य रहेका छन् ।
प्रतिक्रिया