“माझी बनेर आयौ” भन्दै बबिना फेरि आइन्

मंगलबार, २४ पुस २०८०
काठमाडौं । गायिका बबिना भट्टराई नेपाली संगीत क्षेत्रकी उदयीमान प्रतिभा हुन् । संगीतकार तथा गीतकारसमेत रहेकी भट्टराई नयाँ सिर्जना मार्फत संगीत बजारमा छाउन थालेकी छन् । पछिल्लो समय उनको स्वर तथा संगीतमा “माझी बनेर आयौ” बोलको आधुनिक गीतको भिडिओ सार्वजनिक भएको छ । बबिना साहस शाक्यको संगीत संयोजन रहेको उक्त गीत नकुल कार्कीले रेकर्ड गरेका हुन् । स्टुडियो भर्सनको भिडिओलाई जस्केलो क्रियसनले निर्माण गरेको हो । नेपाली भजनमा समेत छुट्टै पहिचान बनाउन सफल भट्टराईका नेपाली भजनहरु कर्णप्रिय बनेका छन् । भट्टराईको अफिसियल युटुव च्यानलमार्फत सार्वजानिक गरिएको उक्त गीत सुनिता प्रसाईले लेखेकी हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार