झापा: दमकको नमुना बजारमा आगलागी

आइतबार, ०१ माघ २०७९
झापामा आज बिहानै आगलागी भएको छ । झापा जिल्लाको दमक ६ स्थित नमुना बजारमा आगलागी भएको हो । आज बिहान करिब ३ बजेबाट आगलागी सुरु भएको बताइएको छ । नमुना बजारमा रहेको राज श्रेष्ठको पसलबाट आगलागी सुरु भएको स्थानीयले बतएका छन्  । श्रेष्ठको पसलसँगै रहेका अन्य ६ वटा पसल पनि जलेर नष्ट भएका छन्  । सोही स्थानमा रहेका अन्य पसलहरूलाई जोगाउनका लागि त्यहाँका सरसामान अन्यत्रै सारिएको छ । आगलागी नियन्त्रणका लागि दमकका २ वटा दमकल, गौरादह, कानेपोखरी, लेटाङ, शुन्दरहरैंचा लगायतका स्थानबाट आएका अन्य दमकलसहित दमक प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिएको थियो । बिद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । क्षतिको पुर्ण विवरण आउन बाकी रहेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार