मोरङको वृन्दावन गौशालामा विश्वकै अग्लो गाई-चैत्र ११ मा उद्घाटन हुँदै

विहीबार, २६ पुस २०८०
मोरङ - मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित  वृन्दावन गौशालामा विश्वकै अग्लो गाईको मूर्ति निर्माण गरिएको छ । पछिल्लो समय धार्मिक तथा  पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको गौशालामा निर्माण गरिएको गाईको मूर्ति  ५४.५ फिट अग्लो रहेको छ । गौशालामा होली पर्वका अवसर पारेर आगामी चैत्र ७ गतेबाट गर्न लागिएको श्रीमद भागवत ज्ञान सप्ताह महायज्ञ अन्र्तगत चैत्र ११ गते  गाईको मूर्ति उद्घाटन गरिने राधेश्याम सेवा ट्रस्टका संरक्षक दिनबन्धु शास्त्रीले बताए । शास्त्रीले गौशालामा निर्माण गरिएको गाई विश्वकै अग्लो हुने र गिनिज बुकमा नाम लेखिने दाबी गरेका छन् । २०६५ सालदेखि निर्माण सुरु भएको नयाँ वृन्दावन गौशाला अहिले पनि निर्माणाधीन छ। गौशालामा राधाकृष्ण मन्दिर,गणेश मन्दिर,विभिन्न जात जातिका गोत्र अनुसारका श्रृषिहरुमुनिहरु लगायत अन्य धेरै धार्मिक तथा पर्यटकीय बस्तुहरू रहेका छन् । गौशालामा दैनिक १ हजार भन्दा बढी आन्तरिक पर्यटकहरू अवलोकन भ्रमणकै लागि आउने गरेका ट्रस्टले जनाएको छ । १२ बिगाहा जमिनमा फैलिएको ४३ ओटा गाईहरू समेत संरक्षण गरेर पालिएको छ । यसका अतिरिक्त ३९ जना बटुकहरू समेत रहेका छन् । उनीहरूले वृन्दावन आश्रममा कक्षा ७ सम्म संस्कृत शिक्षाको अध्ययन गर्दे आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार