झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित बाहुनडाँगीमा रहेको मानव सेवा आश्रममा आश्रित एक जना महिलाको मृत्यु भएको छ।
इलामको सूर्योदय नगरपालिका–१० फिक्कल बजारबाट सूर्योदय नगरपालिकाले गत पुस ८ गते नामथर र वतन नखुलेकी करिव ६५ वर्षीया महिलालाई बेवारिसे अवस्थामा फेला पारी उद्धार गरेको थियो। उद्धारपछि ती महिलालाई झापाको बाहुनडाँगीस्थित मानव सेवा आश्रममा राखिएको थियो।
आश्रममा राखिएकी उनको सुतिरहेको अवस्थामा महिलाको मृत्यु भएको जानकारी प्रहरी चौकी बाहुनडाँगीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया