ज्ञान बाँड्ने थलो विद्यालय अहिले सर्टिफिकेट बाँड्ने कार्यालय भएको भन्दै मुख्यमन्त्री कार्कीले चिन्ता व्यक्त गरेका हुन् । झविद्यालय ज्ञान बाँड्ने थलो नै रहनुपर्छ र त्यसलाई ज्ञानको मन्दिर बनाइ राख्नु हामी सबैको दायित्व हो,’ उनले भने, ‘सामुदायिक विद्यालयहरूको नेपाली माध्यममा भइरहेको पठन पाठन सर्टिफिकेट बाँड्ने कार्यालय मात्रै भएको छ ।’ एउटै विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा गुण्स्तरीय छ तर नेपाली माध्यममा शैक्षिक वातावरण नै छैन । आखिर किन यस्तो विभेद ?’ नेपाली माध्यमका सामुदायिक विद्यालयहरू हुने खाने वर्गका बुहारी, स्वास्नी, छोरीहरूले जागिर खाने थलोको रूपमा समेत विकास भइरहेको प्रति मुख्यमन्त्री कार्कीले चिन्ता व्यक्त गरेका हुन् ।
‘शिक्षकहरूले विद्यार्थीहरूलाई दिएको ज्ञानको परीक्षा विपद्को वेला हुन्छ, आगलागी भइरहेको बेला विद्यार्थी तथा युवा वर्गले फेसबुक लाइभ गरेर रमाइलो गरिरहेको देखिन्छ,’ उनले भने, ‘शिक्षकले दिएको ज्ञान अहिलेका विद्यार्थीहरू विरोधमा लेख्दै समाजिक सञ्जालमा खन्याएको देखिन्छ त्यसैले शिक्षक तथा गुरु वर्गले पनि कस्तमे शिक्षा दिइरहेको बारे सोच्नै पर्ने बेला आएको छ ।’ अहिलेका विद्यार्थीहरूमा व्यवहारिक ज्ञानको अभाव रहेकाले समाज विकृत हुँदै गएको उनको भनाइ थियो ।
‘अब विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारको वपकल्प छैन,’ उनले भने, ‘त्यसैले भावी पुस्ताको भविष्य सुरक्षित गर्न हामी सबैले हातेमालो गरेर विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा जुट्नुको विकल्प छैन ।’
प्रतिक्रिया