पाँचथरको आरुबोटेमा एकको हत्या, दुई घाईते

विहीबार, २६ पुस २०८०
पाँचथर - पाँचथरको मिक्लाजुङ गाउँपालिका –३ आरुबोटेमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
घटना बिहीबार साझको रहेको प्रहरीले जनाएको छ । हतियार प्रहार गरी सोही ठाउँकी गोमा फियाको हत्या भएको प्रहरीले जनाएको छ । सोही घटनामा परि अन्य  महेन्द्र श्रेष्ठ र कान्छीमाया फियाक घाइते भएका छन् ।
घाइतेलाई अस्पताल लैजान लागिएको वडाध्यक्ष जीवन फियाकले प्रदेश खबरलाई बताए । हत्याराका विषयमा केही जानकारी हुन सकेको छैन ।
घटनास्थलमा प्रहरी जाँदै गरेकाले केही समय पछि विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर दिवस कुँवरले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार